खिजीदेम्बाभित्रका विद्यालयमा पत्रुखाना प्रतिबन्ध

ओखलढुङ्गा । यहाँको खिजीदेम्बा गाउँपालिकाले विद्यालयमा पत्रुखाना (जङ्कफुड) प्रतिबन्ध लगाएको छ । विद्यार्थी र शिक्षकले विद्यालयमा पत्रुखाना प्रयोग गर्न थालेपछि गाउँपालिकाले प्रतिबन्ध लगाउने नीति लिएको हो ।
खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष अध्यक्ष गम्बु शेर्पाले अर्गानिक उत्पादनको प्रयोगलाई बढवा दिन विद्यालय एवं विद्यालय परिसरमा जङ्कफुड प्रयोगमा प्रतिबन्ध लगाउने नीति कार्यान्वयन गर्न लागेको बताए । उनले आयातीत मदिरा प्रयोगमा निषेध गर्दै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने नीति गाउँपालिकाले लिएको जानकारी दिए ।
गाउँपालिकाले विद्यार्थीलाई पोषणयुक्त खाजा खुवाउने भएको छ । गाउँपालिकाका चार विद्यालयमा पोषणयुक्त खाजा कार्यक्रम लागू भएको हो । विद्यालय खुल्न छ दिन नै फरकफरक विषयसूची बनाइ गाउँमै उत्पादित अर्गानिक खाजा विद्यार्थीले खान पाउनेछन् । यस वर्षको विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि पालिकाले रु १५ लाख ३० हजार रकम विनियोजन गरेको छ ।
नर्वदेश्वर मावि रगनी, चण्डेश्वरी मावि पोल्थली, फूलमती मावि खिजीफलाटे र कुण्डली मावि खिजीकातीका सबै विद्यार्थीलाई गाउँमै फलेको अन्नको परिकार बनाएर पोषिलो खाजा खुवाइने छ ।
कार्यक्रमले शैक्षिक विकास र गुणस्तर सुधारम टेवा पुग्ने र स्थानीय उत्पादनको बजारीकरणका साथै नागरिक स्वस्थ बनाउने अभियान पनि सार्थक हुने गाउँपालिका अध्यक्ष शेर्पाले बताए । सुरुआती चरणमा माध्यमिक तह सञ्चालित विद्यालयमा कार्यक्रम सञ्चालन हुने र क्रमशः सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गर्ने नीति लिएको उनले जानकारी दिए ।
विद्यालयमा दिवा खाजासँगै छात्रवृत्ति वितरण सुरुआत पनि गरिएको छ । पहिलो चरणमा पाँच माध्यमिक तह सञ्चालित विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण थालिएको हो ।
पालिकाभित्र माध्यमिक तह सञ्चालित सातमध्ये पाँच वटा विद्यालयका २४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको संस्थाका अध्यक्ष साङडोमा शेर्पाले बताइन् । अध्यक्ष शेर्पाका अनुसार छात्रवृत्तिवापतको ५० प्रतिशत रकम विद्यार्थीले तत्कालै सदुपयोग गर्न पाउने गरी हातमा र ५० प्रतिशत उनीहरुको भविष्यप्रति मध्यनजर राखिँदै विद्यालयको खातामा जम्मा गरिएको छ ।

आजको राशिफल: २०८२ असार १ गते आईतवार

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

आजको मौसमः तीन प्रदेशका पहाडी भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

प्रतिक्रिया