पोखरामा मिरा स्याडो अफ अ रेनबोको विशेष शो
पोखरा । पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न भएको छ । मंगलबार पोखरा ट्रेडमलको क्युुएफएक्स सिनेमा हलमा उक्त शो भएको हो । विशेष शो हेर्न पोखराका दर्शकको राम्रो उपस्थिति थियो । मेडिकल लाइन देखि सामाजिक सेवामा आबद्ध भएका व्यक्तिहरुले उक्त सिनेमा हेरे ।
अटिजमका विषयमा उल्लेख गरिएको कथावस्तुुलाई धेरैले रुचाएका छन् । समय सान्दर्भिक सिनेमा भएको प्रतिक्रिया दर्शकको छ । अटिजम भएका बालबालिकाको परिवारलाई समाजमा हेर्ने दृष्टिकोण र परिवारमा परेको समस्यालाई सिनेमा मार्फत प्रस्तुत गर्न खोजिएको छ ।
विशेष शोमा पोखराका दर्शकको माया पाएर निर्मात्री एवम् निर्देशक अनिता पण्डित पनि खुशी छिन् । भन्छिन्,“सोचे भन्दा बढी सफलता मिल्यो । झरिका बेला पनि आफ्नै सिनेमा भनेर दर्शक आउनुभयो । पोखराको राम्रो सर्पोट पाए ।”
आफु इरानी सिनेमाबाट प्रभावित भएको बताउँदै उनले समाजका समस्यालाई सिनेमा मार्फत उतार्न लागिरहने प्रतिबद्धता व्यक्त गरिन् । “आफैले निर्माण गरेको पहिलो सिनेमामा केही कमीकमजोरी अवश्य होलान् । जसलाई आगामी दिनमा अझ सुधार गर्नेछु । तर सिनेमा मेकिङबाट टाढा चाहिँ रहनेछैन । यसमा नै निरन्तरता हुनेछ ।”, उनले भनिन् ।
अनिता पण्डित र अशोक भुजेलको निर्देशन रहेको सिनेमाको कथा अनिताले नै लेखेकी हुन् । सिनेमामा अनिता सँगै सुुरबिना कार्की, अरनाबी ढुंगाना, मौसम खड्का लगायतको अभिनय छ ।

आजको मौसमः पाँच प्रदेशमा हिमपात हुने

आज २०८१ फागुन ४ गते आईतबारको राशिफल

अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, संविधान च्यात्न खोज्नुहुन्छः प्रच…

आजको राशिफल: २०८१ फागुन ३ गते शनिवार

शाकाहारीले खानै पर्छ यी ४ चिज, जसले सबै भिटामिन र मिनरल्स दिन्छ

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशकाे माैसम बदली रहने

आज २०८१ फागुन २ गते शुक्रबारको राशिफल

प्रतिक्रिया