पोखरामा तालमा फसेका चार जनाको उद्धार, एक जना मृत फेला

पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुवेर फसेका एकै परिवारका ४ जनालाई असार २६ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ बर्षिय राम बहादुर अधिकारी, ३९ बर्षिया सृजना अधिकारी, ६ बर्षिय आयुष अधिकारी र ४ बर्षिया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर पस्दा फसेका थिए । सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
यसैगरी सोही महानगरपालिकास्थित सहेलापाटा निवासी बर्ष ५१ का मन बहादुर थापाको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिदा निजको छोरा २२ बर्षिय भिम बहादुर थापा वेपत्ता भएका थिए । उनको नेपाली सेना, सशस्त्र प्रहरी बल नं। २४ कालिका गण र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा विहान ७ बजे मृत अवस्थामा फेला पारेको हो ।

आजको मौसमः पाँच प्रदेशमा हिमपात हुने

आज २०८१ फागुन ४ गते आईतबारको राशिफल

अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, संविधान च्यात्न खोज्नुहुन्छः प्रच…

आजको राशिफल: २०८१ फागुन ३ गते शनिवार

शाकाहारीले खानै पर्छ यी ४ चिज, जसले सबै भिटामिन र मिनरल्स दिन्छ

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशकाे माैसम बदली रहने

आज २०८१ फागुन २ गते शुक्रबारको राशिफल

प्रतिक्रिया