पोखरामा फुटसल
लेखनाथ (कास्की) । पोखरामा भोलि (शुक्रबार) देखि दुई दिने खुला फुटसल प्रतियोगिता गरिने भएको छ ।
पोखरा–१० रामबजारस्थित आर–फिप्टिन क्लब पोखराले आज पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताबारे जानकारी दिइयो । आयोजक संस्थाका अध्यक्ष सोम पुनले ‘खेलकुद नै स्वस्थ आधार’ भन्ने नाराका साथ प्रतियोगिता गर्न लागिएको बताए ।
पोखरा–४ गणेशटोलमा हुने उक्त प्रतियोगितामा ३० समूहले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको उद्देश्य स्थानीयस्तरमा खेलाडी उत्पादनका साथै युवालाई खेलप्रति आकर्षण गर्न रहेको जनाइएको छ ।
‘प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीले सहभागिता जनाउन पाउने छैनन्’, उनले भने, ‘प्रतियोगितामा प्रथम पुरस्कार रु ७० हजारसहित मेडल र द्वितीय पुरस्कार रु ३० हजार र मेडल रहेको छ ।’
प्रतिक्रिया