माछापुच्छ्रेका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानअध्यापक

कास्की । माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको छ । साथै पालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान पनि गरेको छ ।
गाउँपालिकाले आधारभूत तह (१–५) का लागि १८, आधारभूत तह (६–८)का लागि १० र माध्यमिक तह (९–११) का लागि चारजना र माध्यमिक तह (११–१२) का लागि छ गरी ३८ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।
विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अङ्कका आधारमा विद्यालयमा प्रअ छनोट गरिने सूचनामा जनाइएको छ । प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन पनि भएको छ ।

चीनले फेला पारयाे विश्वकै सबैभन्दा ठुलो सुनखानी, जसकाे मुल्य ८७ अर्ब डलर

अब बिवाइडी ५ मिनेटमा चार्ज हुने, ४ सय किमी कुदाउन सकिने

कहिले आउछ पुष्पा-३ ?

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

स्वर्गीय महेन्द्र बहादुर कार्कीको सम्झनामा रक्तदान

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

पौडेलद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

प्रतिक्रिया