बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्यधुनिक फिजियोथेरापीसहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्यधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो ।
परम्परागत चिनियाँ उपचार विशेषज्ञ चिकित्सक च्या सोङ्ग थाओका अनुसार रु ७० लाखभन्दा बढीका उपकरण थप गरी सेवा विस्तार गरिएको छ । यसैगरी रु २५ लाख बराबर खर्च गरेर उपचार कक्ष स्तरोन्नतिी गरिएको छ । फिजियो थेरापी सहित एक्युपञ्चर, कपिङ्ग, स्क्रब मसाज थेरापी, बोन सेटिङ्ग, फ्यूमेजिकेशन लगायतका परम्परागत चिनियाँ उपचार हुने उनले बताए ।
चिकित्सक थाओले भने, ‘विगतमा थोरै उपकरणले सेवा दिँदै आएका थियौँ, अहिले अत्यधुनिक नयाँ उपकरण थप गरेर सेवा विस्तार गरेका छौँ ।’ चीन सरकारको आर्थिक सहयोगमा नै यी उपकरण र स्तरवृद्धिको काम गरिएको उनले जानकारी दिए । अर्का परम्परागत चिनियाँ उपचार विशेषज्ञ चिकित्सक लिउ च्यान चिर्रले मिडियम फ्रिक्वान्सी थेरापी डिभाईस, लो फ्रिक्वान्सी थेरापी डिभाइस, लिम्ब लिङ्केज मेडिकल डिभाईस, ट्रेड मिल, मोटराइज मुभमेन्ट थेरापी डिभाईस, स्टेण्डिङ्ग फ्रेम, ब्यालेन्सिङ बार लगायतका ३० भन्दा बढी आधुनिक उपकरण ल्याइएको जानकारी दिए ।
नसा, दीर्घकालीन दुखाइ व्यवस्थापन, हड्डीको समस्याको उपचार परम्परागत चिनियाँ पद्धति र आधुनिक उपकरणको समिश्रणबाट गरिने उनले बताए । उनले भने, ‘क्रोनिक पेन, न्यूरोलोजिकल डिस अर्डर र ट्रमा इन्जुरीको चिनियाँ परम्परागत पद्धति सहित आधुनिक उपकरणको प्रयोग गरेर हामीले उपचार गर्दछौँ ।’
हाल १० प्रतिशत हाराहारी क्यान्सरका र ९० प्रतिशत हाराहारी क्यान्सर बाहेकका बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ मासिक छ सय हाराहारी बिरामीलाई सेवा दिँदै आएकोमा अब यो सङ्ख्या बढ्ने अपेक्षा उनको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले फिजियोथेरापीे सेवा क्यान्सरका बिरामीका लागि मात्रै नभएर सबैले लिन सक्ने बताए । यस्तो सुविधा अन्यत्र नेपालमा नभएको जनाउँदै उनले न्यून शुल्कमा सेवा लिन सकिने बताए । उनले भने, ‘दीर्घकालीन दुखाइ, नसा च्यापिएको, ढाड दुखेको, खुट्टा झम्झमाउने लगायतका बिरामीले यो सेवा लिन सक्नुहुन्छ ।’
चिनियाँहरुले सञ्चालन गरेको भएपनि यसको आम्दानी अस्पतालकै हुने उनले बताए । उनले भने, ‘भौतिक पूर्वाधारसहित उपकरण सहयोग र विशेषज्ञ सेवा चीन सरकारको तर्फबाट भएको हो ।’

एक्कासी कसरी दुब्ला भए जुनियर एनटिआर, तस्विर देखेर फ्यानहरू अचम्मित

आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने

मोहनलालको एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलायालम फिल्म

यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार…

अन्ततः अगस्त १४ मा भिडने भए ऋतिक रोशन र रजनीकान्त

रबि लामिछानेलाइ थुनामा पठाउने उच्च अदालतको आदेश

आजको मौसमः कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का हिमपात

प्रतिक्रिया