तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता

दमौली (तनहुँ) । आर्थिक वर्ष २०८०र८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् ।
उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् । आव २०७९र८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए ।
सो आवमा रु ५१ लाख २१ हजार आठ सय राजस्व सङ्कलन भएको छ । आव २०७९र८० मा रु ६६ लाख चार हजार एक सय ६५ राजस्व सङ्कलन भएको थियो ।

आजको मौसमः पाँच प्रदेशमा हिमपात हुने

आज २०८१ फागुन ४ गते आईतबारको राशिफल

अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, संविधान च्यात्न खोज्नुहुन्छः प्रच…

आजको राशिफल: २०८१ फागुन ३ गते शनिवार

शाकाहारीले खानै पर्छ यी ४ चिज, जसले सबै भिटामिन र मिनरल्स दिन्छ

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशकाे माैसम बदली रहने

आज २०८१ फागुन २ गते शुक्रबारको राशिफल

प्रतिक्रिया