कल्लीमा पल र बेनिशा

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ फिल्म निर्माणको घोषणा गरिएको छ । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ फिल्मको नाम ‘कल्ली’ राखिएको छ । यो फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ ।
फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण चर्चामा छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।
यो फिल्मको मुख्य भूमिकामा नायक पल शाह र नायिका बेनिशा हमालले काम गर्ने पक्का भएको छ । फिल्मको छायांकन अगावै निर्माणपक्षले पल र बेनिशाको गेटअप समेत सार्वजनिक गरेको छ ।
सार्वजनिक तीन पोस्टरमा पल शाह एङ्ग्री अवतारमा देखिएका छन् भने बेनिशाको अवतार केही भिन्न छ । हातमा अग्नी बोकेकी बेनिशाको गेटअपले दर्शकलाई केही फरक अनुभुती हुने निश्चित छ । एउटा पोष्टरमा बेनिशाको आँखाबाट आँशु झरेको देख्न सकिन्छ ।
नायक पल शाह र नायिका बेनिशा हमालले पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन् । फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो फिल्मलाई नयाँ बर्षको छेको पारेर चैत्रको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।
सार्वजनिक तीन पोस्टरबाट पल र बेनिशाले यसअघि काम नगरेको भूमिकामा काम गर्दैछन् भन्ने प्रष्ट हुन्छ । फिल्मको पोष्टरलाई राकेश दाहालले तयार पारेका हुन् ।
यो फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।

चीनले फेला पारयाे विश्वकै सबैभन्दा ठुलो सुनखानी, जसकाे मुल्य ८७ अर्ब डलर

अब बिवाइडी ५ मिनेटमा चार्ज हुने, ४ सय किमी कुदाउन सकिने

कहिले आउछ पुष्पा-३ ?

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

स्वर्गीय महेन्द्र बहादुर कार्कीको सम्झनामा रक्तदान

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

पौडेलद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

प्रतिक्रिया