नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार सात सय ५५ दशमलव ६२ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव २९ अङ्कले ओरालो लागेर चार सय ९२ दशमलव ७५ मा सीमित भएको छ । कूल पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर रु २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार सात मूल्यमा कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य ओरालो लागेको छभने छ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।
नेप्सेका अनुसार पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा एचआइडिसिएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटल र कुर्थली बुखारी स्मल हाइड्रोपावर छन् ।
यस्तै, पिपल्स हाइड्रोपावर नौ दशमलव १३, प्रभु बैङ्कको ऋणपत्र आठ दशमलव ६५, रसुवागढी हाइड्रोपावर सात दशमलव शून्य नौ, अप्पर सोलु हाइड्रोपावर छ दशमलव ७० र मन्दकानिकी हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।

आजको राशिफल: २०८२ असार १ गते आईतवार

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

आजको मौसमः तीन प्रदेशका पहाडी भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

प्रतिक्रिया