टिजरपछि बढ्यो द आउटलको माग, जापान अधिकार विक्री
काठमाडौं । फिल्म ‘द आउटलः दफा २१९’को टिजर सार्वजनिक भएपछि यसको माग पनि चुलिएको छ । यो फिल्मको टिजरलाई दर्शकले निकै रुचाएका छन् । नायक सुशिल श्रेष्ठको गेटअप, उनको एङ्ग्री अवतार, फिल्मको मेकिङको खुलेरै तारिफ भइरहेको छ ।
टिजर सार्वजनिक भएपछि फिल्मको विदेश अधिकार पनि विक्री हुन थालेको छ । यो फिल्मको जापान अधिकार विक्री भएको निर्माणपक्षले जानकारी दिएको छ ।
जापानमा फिल्म वितरण गरिरहेको यूएनए इन्टरटेन्मेन्टले यो फिल्म खरिद गरेको हो । यो कम्पनीका प्रमुख उज्ज्वल गुरागाँइले फिल्मको टिजर सार्वजनिक भएपछि दर्शकमा फिल्मलाई लिएर उत्साह बढेको बताए । यसैले, आफ्नो कम्पनीले फिल्मको जापान अधिकार खरिद गरेको उनको भनाई छ ।
फिल्म ‘द आउटलः दफा २१९’को कथावस्तु केही पनि खुलेको छैन । तर, सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारले अभिनय गरेको फिल्मबाट दर्शकले उच्च अपेक्षा गरेका छन् ।
असोजको ३ गते संविधान दिवसको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । अमित अग्रहरि निर्माता रहेको फिल्मलाई साहिल खानले सम्पादन गरेका हुन् ।
निर्माणपक्षले अन्य देशमा पनि फिल्म विक्रीका लागि कुरा भइरहेको जानकारी दिएको छ ।

चीनले फेला पारयाे विश्वकै सबैभन्दा ठुलो सुनखानी, जसकाे मुल्य ८७ अर्ब डलर

अब बिवाइडी ५ मिनेटमा चार्ज हुने, ४ सय किमी कुदाउन सकिने

कहिले आउछ पुष्पा-३ ?

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

स्वर्गीय महेन्द्र बहादुर कार्कीको सम्झनामा रक्तदान

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

पौडेलद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

प्रतिक्रिया