स्याङ्जामा कविता महोत्सव एवम् खुल्ला कविता प्रतियोगिता
स्याङजा । स्याङ्जामा नै पहिलोपटक हुन लागेको भव्य कविता महोत्सव एवं खुल्ला कविता प्रतियोगिताको तयारी तीब्र रुपमा गरिएको छ । पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाको आयोजना तथा पुतलीबजार प्रज्ञा प्रतिष्ठान र स्याङ्जा साहित्य प्रतिष्ठानको सह–आयोजनामा आगामी २०८१ श्रावण ३१ गते स्याङ्जाको पुतलीबजार स्थित सिटीहलमा हुन गईरहेको भव्य कविता महोत्सव एवं खुल्ला कविता प्रतियोगिताको ब्यापक तयारी गरिएको हो ।
महोत्सवका लागी आयोजना गरिएको खुल्ला कविता प्रतियोगिताबाट उत्कृष्ट २० कविता छनौट भईसकेका छन् । प्रतियोगितामा सहभागीहुनका लागी मिति २०८१ श्रावण १५ गते साँझ ५ बजे सम्मको समयसीमा तोकिएको थियो । उक्त समयमा आयोजकलाई देशभरबाट प्राप्त भएका १९९ कवितामध्ये निणार्यक मण्डलले २० कवितालाई उत्कृष्ट कविताको रुपमा वाचनको लागि छनौट गरेको कविता महोत्सव एवं खुल्ला कविता प्रतियोगिताका संयोजक अनन्त कुमार श्रेष्ठले जानकारी दिए ।
यसरी उत्कृष्ट २० कविता घोषित भई छनौट भएका कविता आगामी साउन ३१ गते हुने कविता महोत्सव समारोहमा स्वयं प्रतिस्पर्धीले बाचन गर्नेछन् र सोही दिन निर्णायक मण्डलले उत्कृष्ट तीन कविता छनौट गर्नेछ र भव्य समारोहका बीच सम्पन्न हुने कविता महोत्सवमा पुरस्कार वितरण गरिनेछ । कविता प्रतियोगितामा उत्कृष्टलाई १५,५५५।–, द्धितीयलाई ११,१११।– र तृतीयलाई ७,७७७।– रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रथम नागरिक कुलपति कविवर स्व केदार मान व्यथित, राजनीतिज्ञ एवं समाजसेवी स्व. पुष्पमान श्रेष्ठ र पुष्प–चन्द्र ट्रष्टका संस्थापक एवं समाजसेवी स्व. चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले “भाषा, कला, संस्कृति साहित्यको उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नाराका साथ प्रतियोगिता एवं महोत्सवको आयोजना गर्न लागेको ट्रष्टका अध्यक्ष महेन्द्रमान व्यथितले जानकारी दिए । कार्यक्रम साहित्यिक उन्नयन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सहआयोजना पुतलीबजार प्रज्ञा प्रतिष्ठान रहेको उपकुलपति एवं साहित्यकार विश्वप्रेम अधिकारीले जानकारी दिए ।
यसैबीच आगामी श्रावण ३१ गते स्याङ्जाको पुतलीबजारमा भब्य समारोहका बीच सम्पन्न हुने कविता महोत्सको तयारीलाई तीब्र बनाईएको ट्रष्टका संस्थापक एवं सरक्षक योगेन्द्रमान श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगा उप्रेती, सरूभक्त, गण्डकी प्रज्ञा प्रतिष्ठान नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ रमेश श्रेष्ठ, भाषा बिद् डा रामनाथ ओझा र डा कृष्ण शर्मा, अन्तर्राष्ट्रिय साहित्य प्रतिष्ठान (अनेसास) को गण्डकी च्याप्टरको सभापति दुर्गाबहादुर शाह, संघीय सांसद राजु थापा , प्रदेश र स्थानीयतहका जनप्रतिनिधिहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।
पुतलीबजार प्रज्ञा प्रतिष्ठानको उपकुलपति विश्वप्रेम अधिकारीसँग समन्वय गरी आयोजना गर्न लागीएको कविता महोत्सवमा आम साहित्य अनुरागी एवं कविताका विभिन्न विधाका स्रष्टा एवं साधकहरु प्रतियोगि रहने महोत्सवको आयोजनाले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याउने र कार्यक्रममा विद्यार्थी ,प्राध्यापक एवं प्राज्ञहरुको ब्यापक सहभागिता रहने कविता महोत्सवका संयोजक अनन्त कुमार श्रेष्ठले बताए ।
कविता महोत्सवको संयोजक श्री अनन्त कुमार श्रेष्ठका अनुसार कार्यक्रममा प्राध्यापक, विद्यार्थी एवं शैक्षिक संस्थाहरुको समन्वय गर्ने गरी शैक्षिक संस्थाको संयोजकको रुपमा श्री काजीमान हरिटिका माध्यमिक विद्यालय रहेको र विद्यालयका प्राचार्य ऋषिराम शर्मा समन्वय प्रमुख रहेको कार्यक्रममा मिडिया संयोजकको रुपमा एक बहादुर गोदार (रमेश¬) र प्रचार संयोजकको रुपमा मोती प्रसाद मरासिनी रहनु भएको छ भने स्थानिय साँस्कृतिक, झाकी एवं शोभायात्रा ब्यवस्थापनको संयोजकको रुपमा ध्रुव नारायण श्रेष्ठ रहेका छन् भने कविता महोत्सवलाई भब्यरुपमा सम्पन्न गराउन प्रवासबाट समन्वय ट्रष्टका संस्थापक योगेन्द्र मान श्रेष्ठ (जापान) र महेन्द्र मान श्रेष्ठले अमेरिकाबाट आवश्यक समन्वय गरिरहेको कविता महोत्सव संयोजक अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।
स्याङ्जामै पहिलोपटक सञ्चालन गरिएको भव्य कविता महोत्सव एवं खुल्ला कविता प्रतियोगिताले जिल्लाको पर्यटन, धार्मिक एवं संस्कृती प्रबद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने आयोजककको अपेक्षा रहेको छ ।
ट्रष्टका संस्थापक योगेन्द्र मान श्रेष्ठका अनुसार ट्रष्टले कविता महोत्सव कार्यक्रमको अतिरिक्त ‘ह्याप्पी स्टुडेन्ट्स, क्रिएटिभ स्टुडेन्ट्स’को परिकल्पनामा आधारित रहेर ‘सामुदायिक विद्यालयका विद्यार्थी उत्प्रेरणा एवं शैक्षिक सामग्री सहायता’ कार्यक्रम समेत सञ्चालन गर्न लागिएको ब्यहोरा जानकारी गराउनुभयो । ट्रष्टले आर्थिकरुपमा सम्पन्न एवं क्षमतावान्को पूण्य दान न्यून आय भएका घरपरिवारका नानीबाबुहरुको लागी सहयोगी बन्न सकोस्भन्ने ध्येय कार्यक्रमले राखेको छ । कार्यक्रमबाट हुने सहयोगले विद्यार्थीहरुको पठन क्रियाकलापमा सहजता आउने छ । न्यून आय भएका परिवारको ब्ययभारमा कमी ल्याउन सहायक बन्दै अभिभावकको ब्यवहारिक जिवनमा सहयोगी बन्नु कार्यक्रमको ध्येय हुनेछ ।
प्रतिक्रिया