अमेरिकामा देखाइँदै लिम्बु संस्कृतिको रीत

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस प्रा लिद्वारा निर्माण गरिएको लिम्बू भाषा सस्कृतिमा आधारित फिल्म ‘रीत’ को अमेरिकाको न्यूयोर्कमा विशेष प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक दिनेश लिङ्देनका अनुसार बेलायत पछि अमेरिकामा फिल्म प्रदर्शन हुन लागेको हो ।
यही अगष्ट १८ मा न्यूयोर्कस्थित अल्मस्ट क्वीनको एक हलमा हुने विशेष प्रदर्शनका लागि निर्देशक लिङ्देन न्यूयोर्क पुगिसकेका छन् । ‘फिल्म प्रदर्शनबाट संकलन भएको रकमको केही प्रतिशत गरिब र असहाय बालबालिकालाई दिइनेछ’, उनले भने ।
उक्त प्रदर्शनमा नृत्य निर्देशक गोविन्द राई, न्युयोर्कका युवा व्यावसायी तथा कलाकार केशवराम राई, मोडल तथा पत्रकार सुमन थाम्सुहाङ, पर्वतारोही पासाङ निमा शेर्पाको विशेष उपस्थिति रहने अमेरिकाका लागि ‘रीत’का प्रस्तोता सुर्य लिङ्देन र किरात याक्थुङ चुलुङका अध्यक्ष दिपक थेबेले जानकारी दिए ।
होमकुमार लावती, आशा नेम्वाङ र बिस्नु ईङ्नाम निर्माता रहेको फिल्ममा लक्ष्मी योङ्हाङ, विमला खजुम, सागर केरुङ, तेज मेन्याङ्बो, सोनु थोक्लिहाङ, तान्छो हाङ इङ्नाम, पुर्ण सेलिङ, भीम थेबेको मुख्य भुमिका रहेको छ ।

आजको राशिफल: २०८२ असार १ गते आईतवार

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

आजको मौसमः तीन प्रदेशका पहाडी भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

प्रतिक्रिया