दुर्गेश थापाको बीच्च बीच्चमा ७

काठमाडौं । तीजको अबसरमा निरन्तर ‘बीच्च बीच्चमा’ नामको सिरिज ल्याएर चर्चा कमाएका गायक, संगीतकार दुर्गेश थापाको नयाँ तीज गीत सार्वजनिक भएको छ । यो तीजबाट ‘बीच्च बीच्चमा’ सिरिजलाई बीट मार्ने घोषणा गरेका थापाले अन्तिम शृङ्खला स्वरूप ‘बीच्च बीच्चमा ७’ दर्शक श्रोतामाझ ल्याएका हुन् ।
जनचेतनामूलक र सन्देशमूलक भनिएको उक्त गीतको शब्द तथा भिडियोले नारीप्रतिको सम्मान बोल्छ । आफ्नै निर्देशनमा भिडियो ल्याएका दुर्गेशले एक विदुवा नारीलाई नृत्यमा प्रस्तुत गर्दै नारीको सांस्कृतिक स्वतन्त्रताको हिमाइतीको रूपमा आफुलाई उभ्याएका छन् ।
मौसम हिमालीको नृत्य निर्देशनमा बनेको उक्त गीतको भिडियोमा दुर्गेशसँगै गायक तथा मोडल पेमा लामा फिचर्ड छन् । दुर्गेश र पेमा यसअघि ुझुम्का हरायोु बोलको गीतमा एकसाथ देखिएका थिए ।
यो गीतमा शब्द, संगीत, स्वर दुर्गेश एक्लैको रहँदा एरेञ्ज शाहष शाक्यको र मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीको छ । मिलन विश्वकर्माले सम्पादन गरेको भिडियोमा छायांकन नवराज उप्रेतीको छ ।

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

आजको मौसमः तीन प्रदेशका पहाडी भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

सलमानको 'सिकिन्दर' लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा

प्रतिक्रिया