महाराजधिराज फस्टलुकमा नग्न पल

काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर फिल्म ‘महाराजधिराज’को फस्टलुक सार्वजनिक गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको प्रस्तुति रहेको फस्टलुकमा फिल्मका प्रमुख पात्र पल शाहलाई दुई फरक अवतारमा देखाइएको छ ।
‘अनेकौं समस्या म देख्छु जगतमा छ कि दोष हाम्रो आफ्नै रगतमा’ नारा राखिएको पोस्टरमा पललाई राजा र नग्न रुपमा देखाइएको छ । पोस्टरमा एकजना राजर्षी पहिरनमा रहेको देखाइएको छ भने अर्को व्यक्तिलाई नग्न अवस्थामा बसेको देखाइएको छ । राजर्षी पहिरनमा रहेका व्यक्तिले शीरमा श्रीपेच र हातमा राजदण्ड बोकेर उभिएका छन् । उनको अगाडि कुर्सीमा बसेका नग्न व्यक्ति शारीरिक रूपमा निकै कमजोर देखिन्छन् ।
फिल्ममा परिच्छेद सेनको लेखन तथा निर्देशन रहनेछ । फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन् । विराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए भने निर्देशक सेनले ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए ।
फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का रहेका छन् । फिल्म २०८२ को फूलपातीमा रिलिज हुनेछ ।

आजको मौसमः पाँच प्रदेशमा हिमपात हुने

आज २०८१ फागुन ४ गते आईतबारको राशिफल

अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, संविधान च्यात्न खोज्नुहुन्छः प्रच…

आजको राशिफल: २०८१ फागुन ३ गते शनिवार

शाकाहारीले खानै पर्छ यी ४ चिज, जसले सबै भिटामिन र मिनरल्स दिन्छ

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशकाे माैसम बदली रहने

आज २०८१ फागुन २ गते शुक्रबारको राशिफल

प्रतिक्रिया