लाखे प्रोडक्सनको उडायो
काठमाडौं । नेपालको सबैभन्दा जेठो म्युजिक कम्पनी म्युजिक नेपालले नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली संगीत बजारमा परिचय गराउने कार्यहरु गर्दै आइ रहेको छ । यसै क्रममा नयाँ साँगीतिक ब्याण्ड कथन नेपालको नयाँ गीत सार्वजनिक गरेको छ । लाखे प्रोडक्सनले निर्माण गरेको ‘उडायो’ बोलको सार्वजनिक गीतको भिडियोमा चित लामाको निर्देशन रहेको छ ।
भिडियोमा अरुण अमात्य,रियान बागवानी, आबिस्कार शर्मा, उत्सव लामिछाने, जमुना रिजाल फिचर्ड छन् । सुनेश श्रेष्ठ ९अस्ट्रेलिया० र अमृत सुनुवार ९नेपाल० डिओपी रहेको भिडियोको सम्पादन मदन घिमिरेले र कलर चानस पुन मगरको रहेको छ ।
नेपाल रहदा पनि नेपाली गीत संगीतमा लगाव भएका र हाल प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा केही गर्छु भन्ने गायक संगीतकारहरुलाइ प्रोत्साहन गर्न म्युजिक नेपालले यस्ता प्रोजेक्टहरु निरन्तर गर्ने बताएको छ । ूउडायोू बोलको भिडियो म्युजिक नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोले दर्शकको मन जित्नेमा निर्माण टिम ढुक्क छ । भिडियो अस्ट्रेलिया र नेपालका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको छ।
आजको राशिफलः २०८२ साउन १५ गते बिहिवार
आजको राशिफलः २०८२ असार २६ गते बिहिवार
विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध
आजको राशिफल: २०८२ असार १६ गते साेमवार
काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवाल पक्राउ
आजको राशिफल: २०८२ असार १ गते आईतवार
भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ
प्रतिक्रिया