सारंगको तिमी नै हौ

काठमाडौं । माघ २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सारंग’ मा समावेश ‘तिमी नै हौ’ बोलको गीत बिहीबार ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ । निर्देशक प्रशान्त तामाङको लेखन,निर्माण अनि निर्देशनमा बनेको फिल्मको गीतमा दुई बालकलाकार आदित्य कार्की र सम्राट थापाबीचको प्रेम, समर्पण र आत्मीयता प्रस्तुत गरिएको छ ।
देवेन्द्र बरालको स्वरमा रहेको गीतको शब्द सुमन सिंगलले रचेका हुन भने संगीत शंकर थापा स्माइलको छ । गीतको कोरियोग्राफी सुष्मा राईले गरेकी हुन् ।
फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट र आदित्य मुख्य भूमिकामा छन् ।
बाल मनोबिज्ञान, बालअधिकार, धनी–गरिब परिवारबीचको खाड्लको यथार्थ कथा प्रस्तुत गरिएको बताइने फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्ममा गोपाल रायको छायांकन छ । दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन् । फिल्मलाई देशभर स्टेशन ५ ले बितरण गर्दैछ ।

आजको मौसमः पाँच प्रदेशमा हिमपात हुने

आज २०८१ फागुन ४ गते आईतबारको राशिफल

अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, संविधान च्यात्न खोज्नुहुन्छः प्रच…

आजको राशिफल: २०८१ फागुन ३ गते शनिवार

शाकाहारीले खानै पर्छ यी ४ चिज, जसले सबै भिटामिन र मिनरल्स दिन्छ

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशकाे माैसम बदली रहने

आज २०८१ फागुन २ गते शुक्रबारको राशिफल

प्रतिक्रिया