तेज गिरीको दमदार अभिनयसहित ‘लभ पर्या छ’ सार्वजनिक
युगल जोडीको प्रेम दर्शाउने भिडियो

काठमाडौं - लाभ पर्या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत र एचविएन किस्मतको संगीत संयोजन रहेको छ ।
बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता तेज गिरी र मोडल दिपा शाही फिचर्ड रहेका छन् । अभिनेता गिरीले यसअघि करिब दर्जन सिनेमामा काम गरिसकेका छन् । सार्वजनिक भिडियोले युगल जोडीको प्रेम दर्शाउँछ । प्रेममा रहेको जोडीले आफूहरूको सम्बन्ध घर र समाजसँग लुकाउन गरेको आपसी समझदारी गीतमा सुन्न सकिन्छ ।
आफ्नो जीवन एकअर्कालाई सुम्पिने निर्णय गरिसकेका युवायुवती परिवारसँग भने डराएर सम्बन्ध गोप्य राख्ने गरेको नेपाली समाजको यथार्थलाई गीतले उठान गरेको छ । एकअर्कासँग नजिक भइसके पनि शारीरिक रुपमा नजिकिन हुन भने डराइरहेका युवायुवतीको कथा गीतमा सुन्न सकिन्छ । प्रकाश खड्काले छायांकन गरेको यो भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।

भान्जाले टिपेर ल्याएको जंगली च्याउ खाँदा मामासहित १० जना बिरामी

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको रक्तदानमा ५१ युनिट रगत सकंलन

आजको राशिफल: २०८१ चैत्र २ गते शनिबार

पञ्चासे जैबिक बिबिधता विषयक जनप्रतिनिधि बहस कार्यक्रम सम्पन्न

पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिताका लागि आयोजक समिति गठन

आजको राशिफल: २०८१ चैत्र १ गते शुक्रबार

आजको राशिफल: २०८१ फाल्गुण २९ गते बिहिबार

प्रतिक्रिया