कौतुहलता पैदा गर्ने सिनेमा ‘ताण्डवम्’को ट्रेलर रिलिज
कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘ताण्डवम्’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो
पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमाको ट्रेलर पछिल्लो समय नेपालमा निर्माण भैरहेका सिनेमाको भन्दा फरक र युनिक देखिन्छ । यो ट्रेलरले सिनेमाप्रति दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । त्यो रात के भयो ? भन्ने सवांदबाट सुरु भएको सिनेमाको भगवान पनि म, अनि राक्षस ? बाट अन्त्य गरिएको छ । ‘ताण्डवम्’को ट्रेलर सस्पेन्स तथा थ्रिलर महसुस गराउन सफल देखिन्छ ।
सिनेमा निर्देशक जुनिक गहतराज पनि सिनेमाका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएकाले आज सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । सिनेमा महाशिवरात्रीको पूर्वसन्ध्या पारेर फागुन ९ गतेबाट नेपालभरका सिनेमा हलमा रिलिज हुनेछ ।

सिनेमामा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया