स्वर्गको टुक्राजस्तै पर्यापर्यटन गन्तव्य मकानपुर पञ्चासे, पदयात्रामा रमाउँदै पर्यटक
१४७ प्रजाति सुनाखरी, सैयौँ बनस्पति, सैँयौ जडिबुटी पाईने बानस्पतिक उद्धान र जैबिक बिबिधता राजधानी पञ्चासे

नेपालका १०० उत्कृष्ट पर्यापर्यटन गन्तव्य मध्ये एक पञ्चासे क्षेत्रमा अबस्थित मकानपुर गाउँ अाजभोलि शान्त पर्यापर्यटन केन्द्रका रुपमा पर्यटकको रोजाइँमा पर्न थालेको छ।
पोखरा २३, मा अबस्थित पञ्चासे मकानपुर गाउँमा ग्रामीण अातिथ्यको उत्कृष्ट नमूनाका रुपमा सामूदायिक होमस्टेहरु सञ्चालनमा अाएसँगै पर्यटकको चहलपहल बढ्न थालेको हो।
पञ्चासे पदयात्राको मूलद्वार गन्तव्य र ग्रामीण पर्यटकीय केन्द्रमा रहेको मकानपुर गाउँमा गुरुङ समूदाय र गुरुङ संस्कृतिमा अाधारित मकानपुर सामूदायिक होमस्टे सञ्चालनमा अाएसँगै अान्तरिक एबं बाह्य पर्यटक चहलपहल बढ्न गएको हो।
१४७ प्रजाति सुनाखरी, सैयौँ बनस्पति, सैँयौ जडिबुटी पाईने बानस्पतिक उद्धान र जैबिक बिबिधता राजधानी पञ्चासे क्षेत्र ग्रामीण पर्यटन, धार्मिक तीर्थाटन एबं पर्यावरणीय पदयात्राको निम्ति चर्चित पर्यापर्यटन हब पनि हो।
५७७५ हेक्टर पुष्प बगानयुक्त बनजङ्गल क्षेत्र फैलिएको र २५१७ मि उचाइमा रहेको पञ्चासे क्षेत्रमा पर्यापर्यटन र शान्त पर्यटनको अानन्द लिन अाउँने पदयात्रीहरुका निम्ति पनि मनोरम पर्यटकीय केन्द्र बन्दै गईरहेको छ।
बिहानी सुर्योदय र सुर्यास्तको मनोरम दृश्य देख्न पाईने मकानपुर गाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी हिमशृङ्खलाको लामो हिमालय शृङ्खला प्रस्ट रुपमा देख्न पाईन्छ।
पञ्चासे क्षेत्रको जैबिक बिबिधता, पर्यापर्यटन र पर्यावरणीय स्वच्छताबाट मन्त्रमुग्ध हुँदै स्वच्छन्द विचरण, शान्त पर्यावरणीय पदयात्रा, ग्रामीण होमस्टे बसाइँ र पञ्चासे क्षेत्र अबलोकन, अध्ययन एबं अनुसन्धानका लागि सैँयौ पर्यटक अाईरहेको र विशेषगरी शान्त, सौम्य र प्राकृतिक अानन्द चाहनेहरुका निम्ति मकानपुर गाउँ रोजाईको केन्द्र बनिरहेको मकानपुर टोल विकास संस्था अध्यक्ष एबं पञ्चासे बन संरक्षण क्षेत्र कास्की ईकाई अध्यक्ष शिव घलेले बताए।
जैबिक बिबिधता र पर्यावरणीय सुन्दरता सँगसँगै बन्यजन्तु, बनस्पति, पर्यावरण अध्ययन केन्द्रका रुपमा रहेको पञ्चासे मकानपुर गाउँमा पर्यावरणीय सुन्दरतामा अाधारित अस्थायी प्राकृतिक अाबास पञ्चासे ईको क्याम्प समेत सञ्चालन गरिरहेको पञ्चासे ईको टुरिजम प्रा. लि का अध्यक्ष नवराज पौडेलले बताए।
हामीले बिशेषगरी पञ्चासे क्षेत्रलाई नै पर्यावरणीय पर्यापर्यटन हबका रुपमा ब्रान्डिङ गर्दै प्राकृतिक भूस्वर्ग पर्यटकीय गन्तव्य , जैबिक बिबिधता एबं पर्यावरण अध्ययन केन्द्र र बन्यजन्तु संरक्षण पकेटका रुपमा विकास गर्दै खुला प्राकृतिक चिडियाखानाका रुपमा समेत विकास गर्ने र जैबिक बिबिधता पर्यापर्यटन, पर्यावरण, बन, वातावरण र बन्यजन्तु समेत अध्ययन अनुसन्धानको खुला प्राकृतिक विश्वविद्यालयका रुपमा विकास गर्ने सोचका साथ अगाडि बढिरहेका छौँ, पञ्चासे फाउन्डेसनका अध्यक्ष समेत रहेका नवराज पौडेलको कथन छ।
पञ्चासे मकवानपुर क्षेत्रमा विशेषगरी पर्यावरणीय स्वच्छताको कुचीकार मानिने बनस्पति छत्रे उन्यु, बहुमुल्य सुनाखरी, बहुमूल्य जडिबुटी समेत अबलोकन गर्न पाईनुका साथै दुर्लभ बन्यजन्तु नजिकैबाट नियाल्ने, चराहरुको बासस्थान अबलोकन गर्न पाईने, ग्रामीण अातिथ्यताको अानन्दानुभूतिसँगै स्थानीय अर्गानिक उत्पादनको स्वाद समेत चाख्न पाईने व्यवसायी एबं समाजसेवी रविन्द्रबहादुर गुरुङ बताउँछन्।

भान्जाले टिपेर ल्याएको जंगली च्याउ खाँदा मामासहित १० जना बिरामी

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको रक्तदानमा ५१ युनिट रगत सकंलन

आजको राशिफल: २०८१ चैत्र २ गते शनिबार

पञ्चासे जैबिक बिबिधता विषयक जनप्रतिनिधि बहस कार्यक्रम सम्पन्न

पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिताका लागि आयोजक समिति गठन

आजको राशिफल: २०८१ चैत्र १ गते शुक्रबार

आजको राशिफल: २०८१ फाल्गुण २९ गते बिहिबार

प्रतिक्रिया