घान्द्रुक किम्चेलाई पराजित गर्दैै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि

फागुन ६, हेमजा । किम्चेलाई ३–१ ले पराजित गर्दै ठकुरी समाजले प्रथम सिधिङ कप भलिबल प्रतियोगिता–२०८१ को उपाधि हात पारेको छ । पहिलो र अन्तिम २ सेट जित्दै उपाधि आफ्नो कोल्टोमा पार्न सफल भएका हो । किम्चे माथि (२५–१७,२३–२५,२५–१८,२८–२६) ले जित्दै उपाधि सँगै नगद रु ८५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । घान्द्रुकको किम्चेले उपविजेतामा चित्त बुझाउँदै नगद रु ५० हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । गल्र्यङले घलेललाई पराजित गर्दै तृतीय स्थानका साथ नगद रु ३० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र ग¥यो । घलेले सान्त्वना पुरस्कार स्वरूप नगद रु २०,हजारका साथ ट्रफी,मेडल र प्रमाणपत्र ग¥यो । विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडी विवेक ठकुरी, वेस्ट स्पाई कर समीर वि.क , वेस्ट सेटर अशोक ठकुरीले र वेस्ट मिडिल व्लकर विश्वास ठकुरीले प्राप्त गर्न सफल भए ।
भेट्रान्स खेल तर्फको फाईनलमा उत्तम समूहले तक्क्रोलाई पराजित गर्दै प्रथम स्थान हात पा¥यो । तक्रोले द्धितिय स्थानमा सिमित रहयो । भेट्रान्स प्रथमले नगद रु ३० हजार र द्धितियले नगद रु २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
घोडा दौड प्रतियोगितामा प्रथम हरि प्रसाद भण्डारीले नगद रु १५ हजार र द्धितिय उमनाथ पौडेले नगद रु १० हजार हात पारे ।
सिधिङ युनाइटेड यूथ क्लबको आयोजनामा माघ ३० गते देखि जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सिधिङ खेलकुद मैदानमा भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दैै माछापुच्छ्रे« गाउँपालिका अध्यक्ष मीन ब.गुरुङले खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्न महत्त्वपूर्ण भुभिका खेलेको बताउँदै,माछापुच्छ्रे« गाउँपालिकाले खेलकुदलाई प्राथमिकता राखेको बताए ।
गाउँपालिका प्रवक्ता एवं वडा न.२ का अध्यक्ष गणेश आचार्यले युवा र खेलकुद अहिलेको समाजको प्रमुख पक्ष हो । खेलकुदले युवाको जीवनमा सकारात्मक भूमिका खेलेको बताए ।
सिधिङ युनाइटेड यूथ क्लवका अध्यक्ष शुक वहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक मोहन सिंह तामाङले र सञ्चालन क्लका सचिव प्रज्वल क्षेत्रीले गरेका थिए ।

भान्जाले टिपेर ल्याएको जंगली च्याउ खाँदा मामासहित १० जना बिरामी

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको रक्तदानमा ५१ युनिट रगत सकंलन

आजको राशिफल: २०८१ चैत्र २ गते शनिबार

पञ्चासे जैबिक बिबिधता विषयक जनप्रतिनिधि बहस कार्यक्रम सम्पन्न

पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिताका लागि आयोजक समिति गठन

आजको राशिफल: २०८१ चैत्र १ गते शुक्रबार

आजको राशिफल: २०८१ फाल्गुण २९ गते बिहिबार

प्रतिक्रिया