जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१ फागुन ९ र १० हुने
पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराका साथ फागुन ९ र १० गते उक्त प्रतियोगिता हुने भएको हो ।
पोखरा रंगशाला स्थित मल्टिपल कर्भड हलमा सो प्रतिायोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ । यस प्रतियोगितामा देशैभरबाट विभिन्न तौल समुह अन्र्तगत महिला र पुरुष गरी १ सय ५ जना खेलाडीहरु सहभागि हुने भएको छ ।
विशेषगरी खेलाडीहरुको क्षमता अभिवृद्धि र प्रोत्साहान स्वरुप सो कार्यक्रमको आयोजना गरिएको संघका सचिव ज्योति हमाले जानकारी दिनुभयो ।
यस प्रतियोगितामा पुरुषतर्फ –२५, –३५, –४०, –४५, –५०, ५५, ६०, –६६ र +७३ के.जी गरी ९ तौल समुहमा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । त्यस्तै सचिव हमालका अनुसार महिलातर्र्फ –२५, –३५, –४०, –४४, –४८, ५२ र +५७ के.जी गरी ७ तौल समुहमा प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै यस प्रतियोगिता आयोजना गर्नुको अर्को मूख्य उद्देश्य भनेको यस क्षेत्रमा जुडो खेलको समग्र विकासका साथ–साथै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु रहेको संघका अध्यक्ष पद्म छन्त्याले बताउनुभयो ।
वि.सं २०६६ सालमा पोखरा रंगशालामा १० जना खेलाडीबाट घाँसे मैदानमा स्वयम सेवक प्रशिक्षक रबि चौधरीले यस खेल खेलाउन शुरु गर्नुभएको हो । हाल पोखरा रंगशालाभित्र रहेको जुडो हलमा ५१ जना खेलाडीहरुलाई दैनिक रुपमा स्वयम सेवक प्रशिक्षक चौधरीले प्रशिक्षण दिँदै आइरहनुभएको छ ।
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया