रित्तिदै घरगाउँ, सुनसान बन्दै ग्रामीण होमस्टे
पोखरा महानगरपालिका वडा नं, २३ मा पर्ने लाहुरेको गाउँ उपनामले परिचित पञ्चासे तामागी गाउँका सुन्दर र मनमोहक ढुङ्गाघर र परम्परागत सुन्दर गुरुङ बस्ती हाल रित्तो बनेको छ।
पञ्चासे क्षेत्रमा पर्ने सुन्दर पर्यावरणीय गाउँ तामागीमा दर्जन बढी घरधुरी मध्ये हाल २ घरमा मात्रै मानव बसोबास छ भने अन्य सुन्दर ढुङ्गे घरहरुमा ताल्चा झुन्डिएको छ भने कतै भग्नावशेष अबस्थामा छ। 
पत्रकार विद्या चापागाईंले हेर्ने कथा नामक कार्यक्रममा सामाजिक अभियन्ता भक्तबहादुर गुरुङसँग अन्तर्वातामा आधारित "लाहुरेको कथा " नामक बहुचर्चित कार्यक्रममा यहीँ सुन्दर तामागी गाउँलाई नै आधार बनाएर कार्यक्रम प्रस्तुत गरेसँगै यो गाउँ चर्चामा तँ आयो तर उजाडिएका रित्ता घरको कथा भने पुरानै अबस्थामा छ।
पञ्चासे पदयात्रामा पर्ने सुन्दर पर्यटकीय गाउँ तामागीमा हाल "तामागी स्टे ईन" नामक ग्रामीण होमस्टे सञ्चालन गरिरहेका पर्यटन ब्यवसायी खुसीमान गुरुङ र रसिना गुरुङले गाउँमा आउँने पदयात्री, पर्यटक र पाहुनालाई स्वागत मात्रै गरिरहेका छैनन् एकमात्र बासस्थानको रुपमा मानवीय सेवा र ग्रामीण आतिथ्यता समेत पस्किरहेका छन्। 
" हामीले यो सुनसान र उजाडिएको गाउँमा आउँने अतिथिका निम्ति होमस्टे मार्फत आतिथ्यता पस्किरहेका छौँ नत्र गाउँमा पानी पिउने र आबास गर्ने ठाउँसमेत छैन " होमस्टेकर्मी गुरुङ दम्पती बताउँछन्।

अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे, गौरीशंकर, मनास्लु लगायत हिमशृङ्खलाहरुको चाँदीझैँ टल्किने मनमोहक हिमशृङ्खला देखिने, पोखरा फेवातालको सुन्दर दृश्य देखिने, सुर्योदय र सुर्यास्तको प्रस्ट दृश्य देख्न सकिने, परम्परागत ढुंगे घरहरुले सजिएको सुन्दर बस्ती साथै सुनाखरी, लालीगुँरास, बहुमूल्य पुष्प बनस्पति, जडिबुटी र बानस्पतिक उद्धानले सजिएको साथै पर्यावरणीय स्वच्छता, जैविक बिबिधता र प्राकृतिक सुन्दरताले भरिपुर्ण गाउँ "तमागी " रित्तो हुँदा वास्तविक सुन्दरता र महत्त्व भने गाउँले गुमाएको छ।
बैदेशिक रोजगारी, बढ्दो बिदेश पलायन, सहरी बसाइँसराइ का कारण सहज यातायात पहुँचमै रहेका पोखरा महानगरपालिकामै पर्ने सुन्दर ग्रामीण वस्तीहरु रित्तिनुले सरकारले अभियानात्मक रुपमा घोषणा गरेर ग्रामीण पर्यटन उद्धमशीलताका रुपमा अगाडि बढाएका ग्रामीण होमस्टे अभियानमा समेत असर पर्ने सचित्र उदाहरण यो र यस्तै मानवविहीन रित्ता बस्तीहरुको उदाहरणबाट सहज बुझ्न सकिन्छ ।
पर्यटकीय राजधानी घोषणा भई पोखरा भ्रमण वर्ष २०२५ मनाईरहेका सन्दर्भमा पोखराको पर्यटकीय शिरका रुपमा रहेको पञ्चासे क्षेत्रमा यसरी रित्तिदा घरहरुले पोखराको पर्यटन र ग्रामीण पर्यटन सुस्ताएको स्पष्ट सन्देश दिईरहँदा महानगरपालिकाले पञ्चासे क्षेत्रमा पर्यटन प्रवर्द्धन, ग्रामीण उद्धमशीलता सँगसँगै स्थानीयस्तरमै स्वरोजगारी सृजना गरि बसाइँसराइ गतिविधि रोक्न आवश्यक छ।
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया