केआइआइटीले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने

काठमाडौं, ८ फागुन । भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । उनी आइतबार कलेजको होस्टेलमा मृत भेटिएकी थिइन् । उनको बुधबार राति नेपालमा शव ल्याई दाहसंस्कार गरिएको छ ।
केआइआइटीकी संस्थापक अच्युता सामन्ताले प्रकृतिका नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेकी हुन् । केआइआइटी नेतृत्वले प्रकृतिका बुबा सुनिल लम्साल र काकासँग भेट गरेपछि छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा भएको बताइएको छ । प्रकृतिको न्यायका लागि नेपालीसहित भारती विद्यार्थीहरूले पनि आन्दोलन गरेपछि केआइआइटी कलेज झुक्न बाध्य भएको हो । प्रकृतिको शव फेला परेपछि न्यायिक छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीमाथि अपमानपूर्वक दमन गरिएको थियो ।
केआइआइटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाली विद्यार्थीहरुको सुरक्षित फिर्तीको बारेमा कुराकानी गरेकी छन् ।
बुधबार कलेज प्रशासनले नेपाली विद्यार्थीका आफन्तहरुसँग जुम मिटिङ गरेको थियो । त्यसपछि नेपाल आइपुगेका र भारतकै विभिन्न सहरमा रहेका नेपाली विद्यार्थी कलेज फर्किन थालेका छन् । बुधबार साँझसम्म एक सय नेपाली विद्यार्थी मात्र होस्टलमा थिए । कलेजेको होस्टलमा ११ सय ८० जना नेपाली विद्यार्थी बस्दै आएका थिए ।

भान्जाले टिपेर ल्याएको जंगली च्याउ खाँदा मामासहित १० जना बिरामी

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको रक्तदानमा ५१ युनिट रगत सकंलन

आजको राशिफल: २०८१ चैत्र २ गते शनिबार

पञ्चासे जैबिक बिबिधता विषयक जनप्रतिनिधि बहस कार्यक्रम सम्पन्न

पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिताका लागि आयोजक समिति गठन

आजको राशिफल: २०८१ चैत्र १ गते शुक्रबार

आजको राशिफल: २०८१ फाल्गुण २९ गते बिहिबार

प्रतिक्रिया