पञ्चासेमा बन डढेलो नियन्त्रण सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न

पञ्चासे बन संरक्षण क्षेत्र कार्यक्रम कार्यान्वयन ईकाई कास्की ,स्याङ्जा र पर्वतको आयोजनामा बन डढेलो व्यवस्थापन तथा नियन्त्रण अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ।
" बन र बन्यजन्तु लाई डढेलोबाट जोगाअौँ, जैबिक बिबिधता संरक्षण गरौं " भन्ने नाराका साथ कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं , ४ र पोखरा महानगरपालिका वडा नं. २३ का गरि ४ वटा सामूदायिक बनका पदाधिकारी तथा संरक्षणकर्मी समूदायलाई बन डढेलो व्यवस्थापन तथा नियन्त्रण सचेतना कार्यक्रम सम्पन्न भएको हो।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा रहेको नौले छरछरे सामूदायिक बनका अध्यक्ष रुपेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रम अन्नपूर्ण गाउँपालिका वडा नं ४ का वडाध्यक्ष आईन्दल गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सचेतना कार्यक्रममा पञ्चासे बन संरक्षण क्षेत्र कार्यक्रम कार्यान्वयन ईकाई प्रबन्धक तिलक थापा, अन्नपूर्ण सब डिभिजनल बन कार्यालय प्रमूख लिला थापा, पञ्चासे बन संरक्षण क्षेत्र कार्यक्रमका तर्फबाट खिमराज पौडेल, प्रकाश थापा, लक्ष्मी गुरुङ लगायतले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियोे ।
५७७५ हेक्टर क्षेत्रमा फैलिएको पञ्चासे बन संरक्षण क्षेत्रमा कास्की, स्याङ्जा र पर्वत गरि १०८ सामूदायिक बनमा गरि १४३ प्रजाति सुनाखरी, सैयौ जडिबुटी, सैयौ वनस्पति, अमूल्य जैबिक बिबिधता लगायत पर्यावरणीय छटाहरु पञ्चासे क्षेत्रमा पाईने गर्दछ।

भान्जाले टिपेर ल्याएको जंगली च्याउ खाँदा मामासहित १० जना बिरामी

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको रक्तदानमा ५१ युनिट रगत सकंलन

आजको राशिफल: २०८१ चैत्र २ गते शनिबार

पञ्चासे जैबिक बिबिधता विषयक जनप्रतिनिधि बहस कार्यक्रम सम्पन्न

पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिताका लागि आयोजक समिति गठन

आजको राशिफल: २०८१ चैत्र १ गते शुक्रबार

आजको राशिफल: २०८१ फाल्गुण २९ गते बिहिबार

प्रतिक्रिया