पञ्चासेमा रहेको तमागी संग्राहलय अध्ययन अनुसन्धान केन्द्र समुद्घाटन

पोखरा महानगरपालिका वडा नं, २३ मा अबस्थित पञ्चासे तमागीमा रहेको तामागी संग्राहलय अध्ययन अनुसन्धान केन्द्र समुद्घाटन भएको छ।
प्रकृति , संस्कृति , जैबिक बिबिधता र पर्यावरण संरक्षण गर्दै प्रकृति , संस्कृति र जैबिक बिबिधता अध्ययन अनुसन्धान गर्ने उद्धेश्यले समाजसेवी हेम बहादुर गुरुङले निर्माण र संस्थापक अध्यक्षका रुपमा स्थापना गर्नुभएको तामागी संग्राहलय अध्ययन अनुसन्धान केन्द्र ( गुठी ) फागुन १७ गते संग्राहलय स्थल पञ्चासे तमागीमा स्थापना गरिएको हो।
कार्यक्रममा संग्राहलय स्थापनामा सहयोग गर्ने नर्वेजियन सहयोगदाता र स्थापनामा सहयोग गर्ने पञ्चासे तमागीमा जन्म भएका पञ्चासे तमागीबासी सहयोगदाताहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियोे ।
कार्यक्रममा बोल्दै तामागी संग्राहलय अध्ययन अनुसन्धान केन्द्र ( गुठी) का संस्थापक अध्यक्ष समाजसेवी हेम बहादुर गुरुङले यो संस्थाले सैयौँ विद्यार्थी ,विद्यालय,अध्ययन अनुसन्धान कर्ताहरुलाई संस्कृति परम्परा बारे वुझ्न र जैबिक बिबिधता पर्यावरण अध्ययन अनुसन्धान कार्यमा समेत सहयोग पुर्याउने अपेक्षा रहेको बताउनुभएको थियो।
पञ्चासे क्षेत्रमा पर्ने सुन्दर पर्यावरणीय गाउँ तामागीमा स्थापना भएको तामागी संग्राहलय अध्ययन अनुसन्धान केन्द्र (गुठी ) ले पर्यावरण ,संस्कृति, प्रकृति, जैबिक बिबिधता अध्ययन अनुसन्धानमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं ,२३, का वडाध्यक्ष रामकाजी गुरुङले पर्यावरण , संस्कार , संस्कृति , जैबिक बिबिधता अध्ययन अनुसन्धानमा यो अध्ययन अनुसन्धान केन्द्रले सहयोग गर्नाका साथै अध्ययन अनुसन्धान पर्यटनलाई बढवा दिन समेत महत्त्वपूर्ण सघाउ पुर्याउने बताउनुभएको थियो।

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

आजको राशिफलः २०८२ असार २८ गते शनिवार

बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्द…

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया