गण्डकी प्रदेशका सामाजिक मन्त्री र भारतको पुदुचेरी सरकारका पदाधिकारीबीच भेटवार्ता

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापा र भारतको पुदुचेरी सरकारका उच्च पदाधिकारीहरू बीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा नै पुदुचेरी सरकारका सार्वजनिक निर्माण, पर्यटन तथा नागरिक उड्डयन, माछापालन तथा माछा व्यवसाय कल्याण, कानून, सूचना प्रविधि तथा मुद्रण विभागका मन्त्री माननीय के.लक्ष्मीनारायणन, उपसभामुख पी.राजवेलु र पुदुचेरी विधानसभाका सचिव जे.दयालन लगायतको टोलीसँग भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा पर्यटन प्रवद्र्धन, खेलकुदको विकास, सामाजिक क्षेत्र सुधार तथा सूचना प्रविधिमा सहकार्यका सम्भावनाहरूबारे छलफल भएको छ । गण्डकीका मन्त्री थापाले पुदुचेरीको पर्यटन विकास र प्रशासनिक व्यवस्थापनका अनुभवहरूबाट सिक्ने अवसर रहेको बताउँदै दुवै प्रदेशबीच आपसी अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।
पुदुचेरीका मन्त्री लक्ष्मीनारायणनले दुई प्रदेशबीच पर्यटन, खेलकुद, सामाजिक विकास तथा प्रविधि क्षेत्रमा सहकार्यका ढोका खोल्न सकिने बताए ।
यस भेटवार्ताले भविष्यमा गण्डकी प्रदेश र पुदुचेरी सरकारबीच सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ । गण्डकीका मन्त्री थापाले यो भेटवार्ता फलदायी भएको उल्लेख गर्दै आगामी दिनहरूमा थप सहकार्यका सम्भावनाहरू खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
।

अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

आज–३२ आषाढ २०८२ बुधवारको राशिफल

आज–३१ आषाढ २०८२ मंगलवारको राशिफल

सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १…

तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन, याे हाे सही तरिका

र्यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा

प्रतिक्रिया