पञ्चासे काखमा स्थानीय संस्कृति , परम्परा र रैथाने परिकार पस्किरहेको कुटी होमस्टे

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं, ४, सल्यानमा बहुचर्चित हस्पिटालिटी ग्रुप कुटी ग्रुपको लगानीमा कुटी होमस्टे , एग्रो फार्म एण्ड रिसर्च सेन्टर सञ्चालनमा अाएको हो।
प्रसिद्ध धार्मिक , साँस्कृतिक तीर्थस्थल एबं जैबिक विविधता र सुनाखरी राजधानी पञ्चासे पदयात्राको मूल पदमार्ग गन्तव्य काँडे, भदौरे, सल्यान सडकमार्ग हुँदै काँडे पिकनिक स्पटबाट उत्तरतर्फ संसारकै लामो हिमशृङ्खला ( अन्नपूर्ण , धौलागिरी , माछापुच्छ्रे , गंगापुर्ण, निलगिरि लगायत धेरै ससाना हिमाल ) अबलोकन गर्दै कुटी होमस्टे पुग्न सकिन्छ।
कास्की ,स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासे ( २५१७ मि.) र पञ्चासे बन संरक्षण क्षेत्र (५७७५ हेक्टर पुष्प बगानयुक्त बनजङ्गले ढाकिएको पञ्चासे क्षेत्रमा पर्ने सल्यान गाउँमा अबस्थित कुटी होमस्टेले सुविधासम्पन्न हस्पिटालिटी सँगसँगै परम्परागत मान्यतामा पर्यापर्यटन उद्धममा अाधारित ग्रामीण होमस्टे सुबिधा प्रदान गर्दै अाईरहेको छ।
अाफ्नै फार्ममा उत्पादित लोकल अर्गानिक उत्पादन पस्किदैँ अाएको होमस्टेमा पञ्चासे पर्यावरणमा अाधारित मौरीपालनबाट स्वच्छ पञ्चासे मह लगायत बाख्रापालनबाट स्थानीय खरी प्रजातिका खसीबोकाको मासु र लोकल गाईँभैँसीको दूध उपलब्ध गराईँदै अाएको बताईएको छ।
परम्परागत मान्यतामा निर्माण गरिएको कुटी होमस्टेमा ४० जना अतिथि पाहुनाका लागि सुबिधाजक अाबासका साथै, पार्टी , पिकनिक,ग्रामीण पर्यटनमा अाधारित ईभेन्ट, सामूहिक जमघट, पञ्चासे ईको क्याम्प, बैठक लगायत विबिध पर्यापर्यटन अायामहरु गुरुङ समूदायमा अाधारित रोधी,साँस्कृतिक नाँच र अन्य मनोरञ्जनात्मक ईभेन्टहरु समेत गराउँदै अाईएको बताईएको छ।
पञ्चासे पदयात्रामा अाउँने बिदेशी पदयात्रीलाई पञ्चासे परिभ्रमण व्यवस्थापन,जैबिक बिबिधता, पर्यावरण र पर्यापर्यटन अध्ययन अनुसन्धानका लागि अाउँने अनुसन्धानकर्मीहरुलाई विशेष प्याकेज व्यवस्था , व्यवसायिक प्रतिष्ठानहरुका कार्यक्रमहरु, बैंक तथा बित्तिय संस्थाका बैठक,गोष्ठी, पार्टी लगायत कार्यक्रमहरु, लायन्स लगायत अन्य संघसंस्थाका कार्यक्रम समेत कुटी होमस्टेले व्यवस्थापन गर्दै अाईरहेको होमस्टे व्यवस्थापक ईश्वर पौडेलले बताए।
बिहानी सुर्योदय र सुर्यास्तको दृश्याबलोकन, मडिको डिल, भुमेथान पदयात्रा, गाउँ परिभ्रमण, पञ्चासे पदयात्रा, पञ्चासे जंगल विचरण लगायत अतिरिक्त पर्यापर्यटन अायामहरु कुटी होमस्टेका नवीनतम् अायामहरुका रुपमा रहेका छन् भने पञ्चासे जैबिक बिबिधता अबलोकन , १४३ प्रजाति सुनाखरी जंगल सयर, लालीगुँरास जंगल दृश्यावलोकन, शान्त र सौम्य पर्यावरणमा योगा र अाध्यात्म लगायत पर्यापर्यटन अायामहरुको अविश्मरणीय सानिध्यता कुटी होमस्टेका मूल बिशेषता बनेका छन्।
पोखरामा कुटी रिसोर्ट ,होटल निवास, बलेनी क्याफे, बेरि लाउन्ज बार एण्ड रेष्टुरेन्ट लगायत पर्यटन उद्धमबाट उत्कृष्ट हस्पिटालिटी पस्किरहेको " कुटी ग्रुप" को लगानीमा युवा व्यवसायी एबं उद्योगपति देबेन्द्र केसीले अाफ्नो एकल लगानीमा पञ्चासे क्षेत्रको सुन्दर पर्यावरण र शान्त पर्यावरणीय सुन्दरतामा यो पर्यापर्यटन उद्धम सञ्चालन गर्दै अाईरहनुभएको छ।
पोखरा देखि १ घण्टाको यातायात सुबिधामा पुग्न सकिने कुटी होमस्टे अन्नपूर्ण गाउँपालिका , ४, सल्यानमा अबस्थित छ।

भान्जाले टिपेर ल्याएको जंगली च्याउ खाँदा मामासहित १० जना बिरामी

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको रक्तदानमा ५१ युनिट रगत सकंलन

आजको राशिफल: २०८१ चैत्र २ गते शनिबार

पञ्चासे जैबिक बिबिधता विषयक जनप्रतिनिधि बहस कार्यक्रम सम्पन्न

पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिताका लागि आयोजक समिति गठन

आजको राशिफल: २०८१ चैत्र १ गते शुक्रबार

आजको राशिफल: २०८१ फाल्गुण २९ गते बिहिबार

प्रतिक्रिया