भान्जाले टिपेर ल्याएको जंगली च्याउ खाँदा मामासहित १० जना बिरामी

काठमाडौं - तनहुँमा बारीमा उम्रेको जंगली च्याउ खाँदा एकै घरका १० जना बिरामी परेका छन्।
म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको च्याउ टिपेर ब्यास नगरपालिका-६ शान्ति टोल बस्ने उनका मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा पुर्याएका थिए।
फागुन १ गते रति साढे ११ बजे पुलामीको घरमा पकाएर च्याउ खाएपछि १० जना बिरामी परेको प्रहरीले जनाएको छ।
उनीहरूलाई शनिबार बिहान ७ बजे दमौली अस्पतालमा ल्याएर भर्ना गरिएको छ।
बिरामी पर्नेमा गुरुबहादुर पुलामी, उनका छोरा सुरेन्द्र पुलामी, भान्जा नारायण मगर, ज्वाइँ लितबहादुर थापा रहेका छन्।
यस्तै, आफन्तहरू केशव पुलामी, सीता पुलामी, सुमित पुलामी, चक्रबहादुर पुलामी र आरती पुलामी रहेका छन्।
उनीहरूलाई रिंगटा लाग्ने, बान्ता हुने र पखाला लाग्ने समस्या छ।

अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न

र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी

कियारालाई रिप्लेस गर्दै ‘डनः३’ रणवीरका लागि नयाँ हिरोइनको इन्ट्री

ब्यक्तिगत छिमेकी फेर्न सकिएपनी राष्ट्रको छिमेकी फेर्न सकिदैन : उपसभापति गुरुङ

आजको मौसमः कोशी र गण्डकी प्रदेशकाे पहाडी भु भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख १० गते बुधवार

प्रतिक्रिया