संरक्षणको पर्खाईँमा पञ्चासेका ठाँटी, पार्क, कुवा र पोखरीहरु
५७७५ हेक्टर बनजङ्गल क्षेत्रफलमा फैलिएको पञ्चासे क्षेत्र जैविक बिबिधतामा धनी मात्रै छैन पर्यावरणीय सुन्दरतामा समेत अत्यन्तै धनी छ।
अाध्यात्मिक पर्यटन र धार्मिक तीर्थाटनका हिसाबले परिचित पञ्चासे क्षेत्र योगा, अाध्यात्म र तपस्याको प्राचीन ईतिहास बोकेको तीर्थाटन गन्तव्य पनि हो।

पञ्चासे क्षेत्रमा ऋषिमुनि र तपस्वीहरुले तपस्या गरेका र ध्यान बसेका कुटी र पाटी पौवाहरु पनि प्रसस्तै मात्रामा देख्न पाईन्छ।
पञ्चासे क्षेत्र अन्तर्गत पर्ने अाहलडाडा जैबिक बिबिधता केन्द्र मा ठाटीमाथि रुख ढलेको छ भने कैयन ठाटी कुटी र पौवाहरु जीर्णोदार गर्नुपर्ने अबस्थामा रहेको संरक्षणकर्मी नवराज पौडेलले बताए।
पञ्चासे क्षेत्र पर्यावरणीय गन्तव्य मात्रै योगा अाध्यात्मको केन्द्र पनि हो, तसर्थ यो क्षेत्रलाई अन्तर्राष्ट्रिय योगा अाध्यात्म केन्द्रको रुपमा विकास गर्ने प्रयत्न गरिरहेका छौँ, त्यसैले यो क्षेत्रको एेतिहासिक र पुरातात्त्विक महत्वका सम्पदाहरुको संरक्षणमा राज्यले यथोचित ध्यान पुर्याउन जरुरी छ, पौडेलको कथन छ।

पञ्चासे क्षेत्रमा कुटी, तपस्या भूमि, पाटीपौवा र अाध्यात्म स्थलहरु रहेका छन् भने प्राचीन कालमा योगी तपस्वीहरुले ध्यान तपस्या गरेका स्थलहरु समेत रहेका छन्।
पञ्चासे व्रान्डका रुपमा रहेका " गोलचौतारी", कुटी, पाटीपौवा, ठाटी संरक्षण गरि पञ्चासेको पुरातात्त्विक महिमा स्थापित गरि अागामी पुस्तालाई एेतिहासिकताको सन्देश दिन जरुरी छ। 
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया