पञ्चासे पदमार्गमा सुवास छरिरहेका बहुमूल्य पञ्चासे सुनाखरी

प्रसिद्ध धार्मिक, पर्यटकीय एबं साँस्कृतिक तीर्थस्थल पञ्चासे जैविक बिबिधता, पर्यावरणीय स्वच्छता र ग्रामीण पर्यटनका निम्ति अति महत्त्वपूर्ण क्षेत्रका रुपमा रहिअाएको छ।
पञ्चासे बन संरक्षण क्षेत्र (५७७५ हेक्टर ) सुनाखरी जंगल पर्यावरण, जैबिक बिबिधता र पर्यापर्यटन हब पनि हो।
पञ्चासे क्षेत्र १४३ प्रजाति सुनाखरी पाईने र विश्वमै पञ्चासेमा मात्रै पाईने २ प्रजाति सुनाखरी पाईने हिसाबले पनि सुनाखरी बगानयुक्त पुष्प बगैंचा क्षेत्रका रुपमा परिचित छ।
जैबिक बिबिधता, पर्यापर्यटन, बन, बन्यजन्तु र वातावरण संरक्षण क्षेत्रका रुपमा परिचित पञ्चासे क्षेत्रमा अध्ययन, अनुसन्धान, पर्यावरण विचरणका लागि सैँयौ विद्यार्थीहरु पदयात्रामा अाउँने गर्दछन्।
पञ्चासे पदयात्रा बिन्दु पोखरा महानगरपालिका वडा नं , २३ मकानपुर देखि पञ्चासे चुचुरो (२५१७ मि. ) पदयात्रामा सैयौँ सुनाखरीहरु बाटोमा सुगन्ध बाडिरहेका छन् र पदयात्रीलाई स्निग्ध अमिट साईनो गाँसिरहेका छन्।
पञ्चासे क्षेत्र पर्यावरणीय छटाहरुको हिसाबले सुन्दर जैबिक बिबिधता उद्धान क्षेत्रका रुपमा परिचित छ भने पञ्चासेमा सैयौ बनस्पति, सैयौ जडिबुटी, सैयौ पुष्प बनस्पति र अमूल्य पर्यावरणीय छटाहरु पाईने गर्दछन्।

अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न

र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी

कियारालाई रिप्लेस गर्दै ‘डनः३’ रणवीरका लागि नयाँ हिरोइनको इन्ट्री

ब्यक्तिगत छिमेकी फेर्न सकिएपनी राष्ट्रको छिमेकी फेर्न सकिदैन : उपसभापति गुरुङ

आजको मौसमः कोशी र गण्डकी प्रदेशकाे पहाडी भु भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख १० गते बुधवार

प्रतिक्रिया