पोखरा २८ लाई लक्षित गरि कोक्यापको परामर्श कार्यक्रम

पोखरा । पोखरा महानगरपालिका २८ को सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अवस्था एव दिगो सामाजिक आर्थिक विकासका लागी रणनितीहरु विषयमा शान्तिका लागि साझा अभियान (कोक्याप) गण्डकी प्रदेशले छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै गैसस महासंघका निर्वतमान अध्यक्ष तथा गोनेसाका अध्यक्ष राम प्रसाद सुवेदीले यस्ता महत्वपूर्ण छलफलले साचि नै विकास निर्माण तथा आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान रहने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले शान्तिका लागि साझा अभियान कोक्यापले आफ्नो कार्यक्रमको लागि पोखरा २८ लाई छनोट गरेकाे कोक्यापलाई धन्यवाद दिदै समग्रमा पोखरा २८ मा विकास निर्माण तथा कृषिको प्रचुर सम्भावना रहेको भएता पनि विभिद कारण जस्तै खानेपानी,बादर आतंक लगाए अन्य कारणले त्याहाका जनताहरूलाई अप्ठ्यारो परेको र यसमा वडाले आफ्नो तर्फबाट दिर्घकालिन योजना बनाएर काम गरिरहेको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाँखाका प्रमुख मनहर कडरियाले प्रशिक्षण दिदै पोखरा २८ मा कृषि देखि विभिन्न कुराहरू सम्भावना रहेको बताउदै बिभिद बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
शान्तिका लागि साझा अभियान कोक्यापका अध्यक्ष वीर बहादुर किसानको अध्यतामा भएको परामर्श कार्यक्रममा पोखरा उधोग वाणिज्य संघका सदस्य मनोहरि पौडेल कृषि सन्जाला पोखरा २८ का अध्यक्ष राधाकृष्ण तिवारी सहजकर्ता तथा अध्यनकर्ता बबिन नेपाली लगाएतले कार्यक्रमको बारेमा बोलेका थिए ।
सहजकर्ता केशु भुजेलले सन्चालन गरेकाे कार्यक्रममा कोक्यापका कार्यक्रम संयोजक शुसिला न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन ।

अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न

र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी

कियारालाई रिप्लेस गर्दै ‘डनः३’ रणवीरका लागि नयाँ हिरोइनको इन्ट्री

ब्यक्तिगत छिमेकी फेर्न सकिएपनी राष्ट्रको छिमेकी फेर्न सकिदैन : उपसभापति गुरुङ

आजको मौसमः कोशी र गण्डकी प्रदेशकाे पहाडी भु भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख १० गते बुधवार

प्रतिक्रिया