आइपीएलमा गुजरातको दोस्रो जीत

काठमाडौं, २१ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले दोस्रो जित निकालेको छ ।
रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गर्र्दै गुजरातले ८ विकेटले दोस्रो जीत निकालेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको बैंगलरूले ८ विकेट गुमाउँदै एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा गुजरातनले १७.५ ओभरमै २ विकेट गुमाएर लक्ष्य चुमेको हो ।
आइपिएलको १४औं खेलमा जुगरातलाई जित दिलाउन बटलरले ३९ बलमा आक्रमक ब्याटिङ गर्दै पाँच चौका र ६ छक्कासहित सर्वाधिक ७३ रन बनाउन सफल भए भने साइ सुदर्शनले ४९ तथा सेर्फान रुथरफोर्डले ३० रन जोडेका थिए ।
बटलर र सुदर्शनले दोस्रो विकेटको लागि ४७ बलमा ७५ रनको साझेदारी गर्दा बटलर र रुथरफोर्ड अविजित ६३ रनको साझेदारी गरेर गुजरातको जीतमा योगदान गरे ।
जितपछि गजरात ३ खेलमा चार अंकसहित चौथो स्थानमा उक्लिएको छ भने पहिलो हारपछि आरसिबी समान अंकसहित तेस्रो स्थानमा छ ।
चार टोलीको समान ४ अंक रहँदा नेट रनरेटका आधारमा पञ्जाव भने शीर्ष स्थानमा पुगेको छ ।

अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न

र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी

कियारालाई रिप्लेस गर्दै ‘डनः३’ रणवीरका लागि नयाँ हिरोइनको इन्ट्री

ब्यक्तिगत छिमेकी फेर्न सकिएपनी राष्ट्रको छिमेकी फेर्न सकिदैन : उपसभापति गुरुङ

आजको मौसमः कोशी र गण्डकी प्रदेशकाे पहाडी भु भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख १० गते बुधवार

प्रतिक्रिया