जुत्ता ब्यबसायीको नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान सहित क्यालेन्डर विमोचन

पोखरा । जुत्ता ब्यबसायी संघ कास्कीले २०८२ को टेबुल क्यालेन्डर विमोचन सहित नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान गरेको छ ।
क्यालेन्डर विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकेिले ब्यबसायीहरुको समस्या जस्तोसुकै परिस्थितिमा पनि आफु सहयोग गर्न तयार रहेको बताउदै संस्थाले आफ्नो सदस्यहरुको हक र हितको लागी धेरै राम्रो काम गरिरहेकोमा बधाई दिदै आगागी दिनहरुमा पनि संघले राम्रो कामलाई निरन्तरता दिनको लागि शुभकामना दिएका थिए ।
अध्यक्ष हेमकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका निर्वतमान अध्यक्ष सस्थापक अध्यक्ष संघका पुर्ब अध्यक्षहरु,सल्लाहकारहरु लगायत विभिन्न बस्तुगत संघ सस्थाका प्रतिनिधिअरको उपस्थितिरहेको थियो । कार्यक्रममा संघले व्यवसायीहरुलाई बिभिन्न बिधामा सम्मान गरेको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष तथा संयोजक दिपक पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सन्चालन संघका महासचिब मुक्ति प्रसाद पनेरुले कार्यक्रम सन्चालन गरेका थिए
।

अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न

र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी

कियारालाई रिप्लेस गर्दै ‘डनः३’ रणवीरका लागि नयाँ हिरोइनको इन्ट्री

ब्यक्तिगत छिमेकी फेर्न सकिएपनी राष्ट्रको छिमेकी फेर्न सकिदैन : उपसभापति गुरुङ

आजको मौसमः कोशी र गण्डकी प्रदेशकाे पहाडी भु भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख १० गते बुधवार

प्रतिक्रिया