बुद्ध विशाल बजार व्यापारिक एशोशियसनको क्यालेन्डर बिमोचन
पोखरा, बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले २०८२ सालको टेबल क्यालेन्डर बिमोचन गरेको छ ।
क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितिका संयोजक केशब बहादुर खत्रीले ब्यवसायिक साथीहरूको हकहितको लागी आफू सदैव ब्यवसायी साथीहरूको साथमा रहेको बताउदै बुद्ध विशाल बजार अन्य व्यवसायीक मलहरू भन्दा फरक रहेको हुनाले गुणस्तरीय सामान सुपथ मुल्यमा लिनको लागि ग्राहकहरूको पहिलो रोजाइमा परिरहेको बताए । 
कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन समितिका संयोजक बुद्वि वहादुर कुँवरले संस्थालाई चलायमान बनाउनको लागी एशोशियसनले यस्ता नियमित कार्यक्रमहरू गरिरहेको बताउदै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले गर्नुेपर्ने हरेक कार्यक्रमहरू समयमा नै गर्दे आइरहेको बताए ।
बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रम महासचिव राजु केसीले सन्चालन गरेका थिए ।
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया