साउन २३ मा सौगात र बेनिशाको सिटामोल
काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘सिटामोल’ आगामी साउन २३ गते प्रदर्शनमा आउने भएको छ । नयाँवर्ष २०८२ को अवसर पारेर आज वैशाख १ गते निर्माण पक्षले फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ । सौगात बैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन्, भने उनको छेउमा बेनिशा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिन्छन् । फिल्ममा उनीहरु श्रीमान श्रीमति रहेको अनुमान लगाउन सकिन्छ ।
माओवादी जनयुद्धको कथा फिल्मले उठान गरेको छ । सौगातले फिल्ममा जनयुद्धको घाइतेको भुमिका निर्वाह गरेका छन् । फिल्ममा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ । 
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । फिल्ममा भुगोलकुमार कार्की र विकाशराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् । यसै सिनेमा बाट फिल्म निर्माण मा बिकासराज जोशीले पाईला चालेका छन्। अब राइजिङ बुल इन्टरटेन्टमेन्ट को ब्यानरबाट लगातार नेपाली सिनेमा निर्माण मा लाग्ने उनले पोखरा भ्वाईस लाई बताए।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, राउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन छ ।
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया