पोखरा पब्लिक स्कूल र सेन्ट म्यारी स्कूललाई पोखरा चाइल्ड स्टार सिजन ४ को उपाधि प्रवीन श्रेष्ठ र आइरा गुरुङ्गले जिते उपाधि

पोखरा चाइल्ड स्टार सिजन ४ को उपाधि पोखरा पब्लिक स्कूलका प्रवीन श्रेष्ठ र सेन्ट म्यारी स्कूलकी आइरा गुरुङले जितेका छन्। शनिबार पोखरामा सम्पन्न ग्रान्ड फिनाले कार्यक्रममा उनीहरुले उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः बालक र बालिका वर्गमा शीर्ष स्थान हासिल गरे।
पुरुष तर्फ प्रथम रनरअपको उपाधि जिवेश थापाले प्राप्त गरे भने दोस्रो रनरअप अस्मिन भुजेल बने। मोस्ट ट्यालेन्टेड अवार्ड प्रतीक श्रेष्ठले जिते। महिला तर्फ प्रथम रनरअप ग्रीष्मा गौतम, दोस्रो रनरअप पुनम सेन ठकुरी घोषित भइन्। बेस्ट क्याटवाक अवार्ड रिहाना बास्तोलाले र बेस्ट पोज अवार्ड गरिमा सिंहले हात पारिन्।
कार्यक्रमको अध्यक्षता आइक्यासका प्रबन्ध निर्देशक समिर थापाले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रुपमा माननीय गोविन्द नेपाली तथा विशेष अतिथिका रुपमा लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारीको उपस्थिति थियो।
फिनालेमा निर्णायकको भूमिकामा सङ्गीतकार रमेश श्रेष्ठ, पत्रकार तथा सङ्गीतकार आरजू बिष्ट ‘सल्यानी’, फेसन मोडल माया गुरुङ, ईजिनियर अनिल ढुङ्गाना तथा प्रमुख निर्णायकको रुपमा प्रो. डा. दिपमाला श्रेष्ठ गुरुङ रहनुभएको थियो।
कार्यक्रमका अतिथि तथा निर्णायकहरुले यस्ता प्रतिस्पर्धाले बालबालिकाको प्रतिभा अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनीहरुले भने, “बालबालिकाले भविष्यमा सफलता हासिल गर्न अभिभावकको निरन्तर साथ र सहयोग अत्यावश्यक हुन्छ।”

पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति

वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम

आजको राशिफल: २०८२ जेठ ८ गते बिहिवार

यतिसम्म बन्याे किर्तिपुर क्रिकेट रंगशाला (फाेटाेफिचर)

आजको राशिफल: २०८२ जेठ ७ गते बुधवार

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

पानी पिउदाँ गलत त गरिरहनु भएको त छैन, उसो भए यो ४ तरिका जान्नुहोस्

प्रतिक्रिया