ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

वासिंगटन डिसी, ३० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र विश्वबीच औषधिको मूल्य ‘समान’ गर्ने बताएका छन् ।
चीनसँग 'ट्यारिफ पज' को बारेमा बोल्नुको साथै ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने र तिनीहरूलाई बाँकी विश्वसँग मिल्दोजुल्दो बनाउने योजनाहरू प्रस्तुत गरेका छन ।
बेलायत, युरोपियन युनियन र अन्य विकसित देशहरूमा उनीहरूका समकक्षीहरूको तुलनामा अमेरिकी बिरामीहरूले तिर्ने औषधिको मूल्यमा ठूलो भिन्नताको रहे पछि उनले अमेरिकामा पनि समान मुल्य बनाउने घोषणा गरेका हुन् । उनले भने, ‘अब हामी सबैले समान तिर्नेछौं हामी युरोपमा जति औषधी खर्चको मुल्य रहेको छ, अब हामी त्यति नै रकम तिर्ने ब्यवस्था मिलाउँछौं ।’
त्यसो त ट्रम्पले अमेरिकाले संसारकै सबैभन्दा कम मूल्य तिर्न लागेको दाबी पनि गरेका छन । ‘अब हामीले अर्को देशको तुलनामा १० गुणा बढी तिर्ने छैनौं, अब यो भन्दा सस्तोमा औषधी पाउने छौं ।’

आजको राशिफलः २०८२ असार २६ गते बिहिवार

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

आजको राशिफल: २०८२ असार १६ गते साेमवार

काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवाल पक्राउ

आजको राशिफल: २०८२ असार १ गते आईतवार

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

प्रतिक्रिया