नेत्र गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘कडी’ को पोखरामा कार्यशाला हुदै

पोखरा भ्वाइस सम्वाददाता, जेस्ठ २९ गते,
दश वर्ष अघि नेपाली चलचित्र “नाईके” निर्देशन गरेका पोखराका नेत्र गुरुङदको निर्देशनमा बन्ने चलचित्र “कडी” को पोखरामा कार्यशाला हुदै छ ।

नेत्र गुरुङले कडी आफ्ना लागि ड्रिम प्रोजेक्ट भएको उल्लेख गरे । म्युजिक भिडियोका लागि तयार पारिएको कथा चलचित्र बन्ला भनेर आफुले कल्पना समेत नगरेको भनाई उनको छ । नाइके पछि आफु म्युजिक भिडियो र सर्ट फिल्महरुमा व्यस्त रहेता पनि चलचित्र बनाउने योजना भने बनाइरहेको उनले बताए । कडी समाजको कथा भएको भनाई उनको छ । हर मान्छेले आफ्नोे कथाको अनुभुति गर्न पाउने गरी चलचित्र निर्माण गर्ने तयारीमा उनी छन् ।

पोखरा आसपास छायाँकन हुने चलचित्र सस्पेन्स थ्रिलर जनरामा बन्नेछ । पाँच सात दिनको वर्कसप पश्चात “कडी” छायाँकनमा जानेछ । कडी मार्फत दर्शकलाई आफुले नौलो स्वाद पस्कन चाहेको अभिव्यक्ति गुरुङको छ ।
नेत्र इन्टर्टेन्टमेन्ट र सुस्मिता फिल्मस को ब्यानरमा निर्मित कडी मार्फत गुरुङले टिकटकबाट चर्चामा आएका बद्री प्रसाद तिवारीलाई मुख्यपात्रका रुपमा प्रस्तुत गर्दैछन् । नायकको भूमिकामा तिवारी रहनेछन् । यस्तै थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी सोफी धरेल नायिकाको भूमिकामा रहनेछिन् । तिवारी र धरेलको यो पहिलो चलचित्र हो । मल्टी क्यारेक्टरवाला स्टोरीमा बन्ने चलचित्रमा प्रकाश घिमिरे, कमल भण्डारी, सुगत करणजीत, विकास खनाल, संगम कायस्थ, राजेन्द्र अधिकारी, राम बास्तोला, सरिता दानकुटी, प्रमिला तुलाचन, अर्जुन खड्का लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

चलचित्रलाई छायाँकन दिपेश केसीले गर्नेछन् भने पब्लिसिटी डिजाइनरमा सविन गायक रहेका छन् । सपना तिवारीको ड्रेस डिजाइनमा चलचित्र निर्माण हुनेछ । सिनेमा असार बाट छायान्कन मा जादैछ्।
प्रतिक्रिया